Logo

नेप्से ४५ अंकले घट्दा बजार राताम्य, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से ४५ अंकले घट्दा बजार राताम्य, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट



काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४५.२५ अंकले ओरालो लागेको छ । कारोबार समयदेखि नै ओरालो लाग्न सुरु गरेको परिसुचक कारोबारको अन्तिम समयमा उच्च अंकले घटेको हो ।

laxmi

आज दिनभर २ सय ३७ कम्पनीका ५० लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

आज समुहगत सुचक हेर्दा सबै समुहका परिसुचक ओरालो लागेपनि सबैभन्दा बढी गिरावट भने निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १४३ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक २१८ अंकले ओरालो लागेको छ ।

यस्तै आज जलविद्युत समुहको परिसुचक ८६, वित्त ४७, विकास बैंक ११९ र लघुवित्त १०९ अंकले घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक २१ अंकले ओरालो लागेको छ ।

आज बजार राताम्य भएपनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL