Logo

आइएमई पेको नयाँ अफर सार्वजनिक, उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै ३०० छुट

आइएमई पेको नयाँ अफर सार्वजनिक, उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै ३०० छुट



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘उच्च तापक्रममा उच्चत्तम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको हवाई उडान टिकटमा सुविधा दिने अफर सार्वजनिक गरेको हो ।

अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप ३ सय रुपैयाँ बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाईएको छ ।

साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप ३ सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ । असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL