Logo

हाइफ्युचरद्वारा स्मार्टवाच र इयरबड नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

हाइफ्युचरद्वारा स्मार्टवाच र इयरबड नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । हाइफ्युचरले नेपालमा फ्युचरफिट जोन तथा फ्लाइबड्स सार्वजनिक गरेको छ । यी दुबै उत्पादन विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन् । यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड भएको कमपनीले जानकारी दिएको छ । फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसारको जीवनशैली प्रदान गर्ने बताईएको छ ।

laxmi

फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४/७ एसपीओ२ मनिटरिङ २० ओटा अलग अलग स्पोर्टस मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउँछ । लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने यो ग्याजेटलाई अपनाएर आफ्नो जीवनशैलीलाई नयाँपन दिन सकिने बताईएको छ । यसको मूल्य ५ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।

यस्तै फ्लाइबड्स प्रो इयरबडले वरपरबाट आउने आवाजलाई फिल्टर गर्न सक्ने बिल्ट(इन ४ माइक वातावरणीय न्वाइज क्यान्सलिङ प्रविधियुक्त उत्पादन हो । यसको मूल्य ३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL