Logo

‘आइएमई पे’ क्यासब्याक अफर सार्वजनिक, ज्योति लाइफको प्रिमियम तिर्दा १००० रुपैयाँसम्म फिर्ता पाईने

‘आइएमई पे’ क्यासब्याक अफर सार्वजनिक, ज्योति लाइफको प्रिमियम तिर्दा १००० रुपैयाँसम्म फिर्ता पाईने



काठमाडौं । ‘आइएमई पे’ ले नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि नै लागु हुने गरी ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । यस्तै अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडीसमेत जित्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL