Logo

नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गते देखि, कमर्शियल भेहिकलको पनि सहभागिता

नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गते देखि, कमर्शियल भेहिकलको पनि सहभागिता



काठमाडौं । नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म नाडा अटो एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण पछिल्ला २ बर्षदेखि स्थगित हुँदै आएको उक्त शो यसपाली भने भव्य रुपमा सम्पन्न गर्ने नाडाले जानकारी दिएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गते देखि ३० गते सम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने नाडाले जानकारी दिएको छ ।

सिमित ठाउ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकिङ रजिष्ट्रेशन आवहान गरिएको छ ।

कोभिड संक्रमण न्यून हुदै जादा सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ले केही हद सम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नँया उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL