Logo

‘नमस्ते पे’ वालेट मार्फत स्मार्ट क्युआर सेवा सुरु, गोल्ड स्टार जुत्ता किन्दा ३० प्रतिशत छुट

‘नमस्ते पे’ वालेट मार्फत स्मार्ट क्युआर सेवा सुरु, गोल्ड स्टार जुत्ता किन्दा ३० प्रतिशत छुट



काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत अब स्मार्ट क्युआर भुक्तानी सेवा संचालनमा आएको छ ।

सेवा संचालसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यबसायीहरुलाइ क्युआर कोड स्क्यान गरी भुक्तानी दिन सक्नेछन । यसका साथै अहिले सम्म पनि स्मार्ट क्युआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरुले पनि नमस्ते पे वालेट मार्फत स्मार्ट क्युआर सेवा लिन सक्ने बताईएको छ ।

नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्युआर मार्फत गोल्ड स्टारका सोरुम हरुमा भुक्तानी गर्दा ३० प्रतिशत (३ सय रुपैयाँसम्म) आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

यस्तै भविष्यमा स्मार्ट क्युआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्युआर नेटवर्क संचालक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL