Logo

पहिलोपटक शुक्रबार पनि खुल्यो सेयर कारोबार, राफसाफ भने सोमबार मात्रै

पहिलोपटक शुक्रबार पनि खुल्यो सेयर कारोबार, राफसाफ भने सोमबार मात्रै



काठमाडौं । आज शुक्रबार पनि नेपालमा सेयर कारोबार खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई शुक्रबार पनि बजार खोल्न निर्देशन दिएसँगै आजदेखि प्रत्येक शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको हो । सबै स्टक ब्रोकर कम्पनीहरुलाई नेप्सेले शुक्रबार पनि सेयर कारोबार गर्न निर्देशन दिएसँगै आज कारोबार खुलाईएको नेप्सेले जानकारी दिएको छ ।
सरकारले परिक्षणका लागि भन्दै शनीबार र आईतबार गरी हप्तामा २ दिन बिदा दिने निर्णय गरेसँगै सेयर कारोबार पनि उक्त २ दिन बन्द हुने भएको हो । तर, त्यसको सट्टा हालसमम शुक्रबार बन्द हुने सेयर कारोबार शुक्रबार खुल्ने र त्यसको २ दिनपछि एकैचोटी सोमबार मात्रै खुल्ने व्यवस्था मिलाईएको छ । शुक्रबारको राफसाफको काम भने सोमबार हुने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL