Logo

८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड माथि

८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड माथि



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसुचक) ८.९० अंकले उकालो लागेको छ । गत हप्ताको बिहीबार घटेर बन्द भएको सेयर बजार चालु हप्ताको मंगलबार अर्थात ४ दिनपछि मात्रै खुलेको थियो खुलेको पहिलो दिन ८४ अंकले ओरालो लागेको बजार बुधबार भने उकालो लागेको हो । आज बजार बढ्दा धेरैजसो समुहका परिसुचकमा हरियाली छाएको छ । आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी वृद्धि विकास बैंक समुहको परिसुचकमा देखिन्छ ।

आज विकास बैंक समुहको परिसुचक ५५ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचमा भने ५३ अंकको वृद्धि देखिन्छ । बुधबार वित्त समुह १८, अतिरिक्त समुह १३ र होटल तथा पर्यटन समुह ८ अंकले उकालो लागेका छन् । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज ३ अंकको वृद्धि देखिन्छ ।

आज दिनभर २ सय २७ कम्पनीका ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३२ करोड ६३ लाख २०९ हजार ३ सय ४६ रुपैयाँ पुगेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL