Logo

फेरि साढे ३ प्रतिशतले बढ्यो भाडा, कहाँबाट कहाँसम्म कति भाडा ?

फेरि साढे ३ प्रतिशतले बढ्यो भाडा, कहाँबाट कहाँसम्म कति भाडा ?



काठमाडौं । सरकारले लामो दूरीका यात्रुवाहक र मालवाहक सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण स्वचालित भाडादर समायोजन अनुसार साविकको भाडादरमाम ३.५ देखि ५.१ प्रतिशतसम्म भाडा बढेको हो ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर ३.५ प्रतिशतले, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको भाडामा ४.६ प्रतिशत र तराई क्षेत्रका बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको भाडामा ५.१ प्रतिशतले बढाईएको जानकारी दिएको छ ।

यसअघि यातायात व्यवस्था, विभाग ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागबीच पेट्रोलियमको मूल्य ५ प्रतिशतले घटबढ भएमा स्वचालित रुपमा सार्वजनिक सवारीसाधनको भाडा बढ्ने सहमति भएको थियो । सोही अनुसार ३ दिनअघि पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर १० रुपैयाँले बढेपछि सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरिएको हो ।

यस्तो छ बढेको भाडादर :

[googleapps domain=”drive” dir=”file/d/1rIvlaak_z0vDFn6L1pLIpSqxiLgplzNH/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL