Logo

‘कर्पोरेट पे’ मार्फत ७ महिनामै गर्यो ५५ अर्बको कारोबार, डिजिटल भुक्तानीमा आकर्षित हुँदै सेवाग्राही

‘कर्पोरेट पे’ मार्फत ७ महिनामै गर्यो ५५ अर्बको कारोबार, डिजिटल भुक्तानीमा आकर्षित हुँदै सेवाग्राही



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामामात्रै ‘कर्पोरेट पे’ प्रणालीले ५५ अर्ब रुपैयाँको कारोबार गरेको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ संचालन गरिरहेको छ ।

laxmi

‘कर्पोरेट पे’ प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने छ । यसका साथै पछिल्लो समय उक्त प्रणालीमार्फत भुक्तान गर्न सकीने थप सेवामा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा रहेको कम्पनीले उल्लेख गरेको छ ।

अहिलेसम्म उक्त प्रणालीमा ४८ बैंक एवं वित्तीय संस्थाका २ हजार ६ सय भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भएको एनसीएचएलले उल्लेख गरेको छ । एनसीएचएलले भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आफ्ना व्यावसायिक ग्राहकहरुलाई आवश्यक मल्टि अथोराईराईजेसन तथा मल्टि सिग्नेचरीजको समेत उपयुक्त व्यवस्था गरेको छ ।

उक्त प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइममा २० करोड रुपैयाँसम्म प्रति कारोबार गर्न सकिनुका साथै नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड रुपैयाँसम्म सम्म गर्न सकिने जनाएको छ । यसका साथै उक्त प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सकिने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज हुने कम्पनीको दाबी रहेको छ ।

सेवा थालनीको छोटो समयमानै ‘कर्पोरेट पे’ प्रणालीेको बढ्दो लोकप्रियता तथा प्रयोगले व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको पूर्वाधारमा जोड्न र डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL