Logo

आइएमई पे को नयाँ अफर, जुनसुकै क्युआर स्क्यान गरी सामान खरिद गर्दा १० प्रतिशत छुट

आइएमई पे को नयाँ अफर, जुनसुकै क्युआर स्क्यान गरी सामान खरिद गर्दा १० प्रतिशत छुट



काठमाडौं । आइएमई पे ले आफ्ना प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।

स्टोरहरुमा विभिन्न क्युआर प्रणाली भएका कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले स्क्यान एनी क्युआर अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी कुनै पनि भुक्तानी सफल गर्न मिल्ने सुबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ ।

साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।

सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (१०० रुपैयाँसम्म मात्र) पाईनेछ र स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL