Logo

सामसङ ग्यालेक्सी एस २२ सिरिजका ३ फोन नेपाली बजारमा, अग्रिम बुकिङमा अफरैअफर

सामसङ ग्यालेक्सी एस २२ सिरिजका ३ फोन नेपाली बजारमा, अग्रिम बुकिङमा अफरैअफर



काठमाडौं । मोबाईल कम्पनी सामसङले नेपाली बजारमा ग्यालेक्सी एस २२ सिरिजका ३ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमको आयोजना गर्दै ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ गरि ३ भेरियन्टका स्मार्टफोन सार्बजनिक गरेको हो । ग्यालेक्सी एस २२ अल्ट्रालाई हालसम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोन भएको दाबी कम्पनीले गरेको छ ।

laxmi

कम्पनीले यसपटक सार्वजनिक गरेका उक्त ३ थरीका स्मार्टफोनमा नाइटोग्राफी विशेषता राखेको छ । उक्त विशेषताबाट आफ्ना प्रयोगकताले क्यामराको अदभुत आनन्द लिन सक्ने उल्लेख गरेको हो । मुख्यतया यस विशेषताले फोटोग्राफी र भिडियोग्राफीमा रुची राख्नेका लागी दिनमा या रातमा जुनसुकै बेला पनि वास्तविक तस्वीरका साथै स्पष्ट भिडियो लिन सहयोग पुर्याउने सामसङ मोबाईल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले बताए ।

यस्तै ग्यालेक्सी एस २२ प्लस र एस २२ मा एस २१ प्लस र एस २१ भन्दा २३ गुणा ठुलो सेन्सर रहेको छ । यी २ स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा रहनुका साथै १० मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स पनि रहेको छ । ग्यालेक्सी एस २२ अल्ट्रा फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डी कलरमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रंगमा उपलब्ध छ ।

ग्राहकका लागि कम्पनीले ‘ग्यालेक्सी एस २२ अल्ट्रा’ १२ जीबी र्यामसहित २ सय ५६ र ५ सय १२ जीबी स्टोरेज क्षमतामा उपलब्ध गराएको छ ।
यी २ फोनको बजारमूल्य नेपालमा क्रमशः १ लाख ५९ हजार ९ सय ९९रुपैयाँ र १ लाख ६९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ ।
यस्तै ग्यालेक्सी एस २२ प्लस ८ जीबी र्याम र २ सय ५६ जीबी रोममा उपलब्ध हुनेछ । यसको बजारमूल्य १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । यस्तै कम्पनीले सामसंग ग्यालेक्सी एस २२ को मूल्य भने १ लाख १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । यसमा पनि ८ जीबी र्याम र २ सय ५६ जीबी रोम जडान गरिएको छ ।

ग्यालेक्सी एस २२ अल्ट्राको हरेक प्रि अडरमा ग्यालेक्सी बडस् २ सित्तैमा पाईने योजना कम्पनीले अघि बढाएको छ । वा ग्यालेक्सी वाच क्लासिक ४६ एमएम लाई अफर मुल्य २७ हजारमा वा ग्यालेक्सी वाच ४, ४० एमएम १३ हजारमा पाईने कम्पनीको भनाई छ । कम्पनीले ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोनमा बुधबार देखि प्रि अर्डर सुरु गरेको छ । उक्त अर्डर मार्च ९ सम्म रहने बताईएको छ । यस्तै ग्यालेक्सी एस २२ र ग्यालेक्सी एस २२ प्लसको प्रि अर्डर अफर पनि सोहि समयसम्म रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL