Logo

सेबोनको अध्यक्षमा हमाल नियुक्त, को हुन् उनी ?

सेबोनको अध्यक्षमा हमाल नियुक्त, को हुन् उनी ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई अध्यक्षका लागि नियुक्त गरेको हो ।

उनी आगामी ४ बर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त भएका हुन् । उनले थाईल्याण्डको बैंककस्थित एशियन ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए गरेका छन् । उनीसँग विभिन्न सार्वजनिक तथा निजी क्षेत्रमा २० बर्ष काम गरेको अनुभव छ ।

भारतको जमसेधपुरस्थित क्षेत्रीय इलेक्ट्रोनिक ईन्स्टिच्युटबाट ईलेक्ट्रिकल ईन्जिनियरिङमा ब्याचलर गरेका उनी हाल ओमस्टोन एशिया नेपालका कार्यकारी अध्यक्ष समेत हुन् ।

उनी यसअघि एनआरएन थाईल्याण्डका अध्यक्ष र थाई नेपाल चेम्बर अफर कमर्स बैंककका उपाध्यक्ष भईसकेका थिए ।

यो पनि पढ्नुहोस :

नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने ‘कमिटमेन्ट’ पछि बोर्डमा अध्यक्ष नियुक्त हुँदै

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL