Logo

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन निर्माण, अन्य स्थानमा थप्ने तयारी

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन निर्माण, अन्य स्थानमा थप्ने तयारी



काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरका ४० स्थानमा विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल) चार्जिङ स्टेशन निर्माण गरेको छ ।

laxmi

विद्युतीय कारको बढ्दो मागसँगै विद्युतीय सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर कम्पनी चार्जिङ स्टेशन निर्माण गरेको हो ।

हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको कम्पनीले जानकारी दिएको छ । नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो ।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जत्तिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्य हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जीत्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL