Logo

निजी क्षेत्रका १९ उत्कृष्ट व्यवस्थापकहरु सम्मानित, सूचीसहित

निजी क्षेत्रका १९ उत्कृष्ट व्यवस्थापकहरु सम्मानित, सूचीसहित



काठमाडौं र ग्रोथ सेलर्सको भगेनी संस्था करपोरेट कल्व प्रालिले विभिन्न विधा अन्तरगत निजी क्षेत्रका उत्कृष्ट १९ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सो क्लवले आयोजना गरेको द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट इक्सिलेन्स एण्ड द एचआरएम नेपाल अवार्डस फर डिस्टिङग्वेस्ट सर्भिस २०२१ बाट १९ जना व्यक्ति तथा संस्थाहरु सम्मान गरेको हो ।

नेपालको निजि क्षेत्रमा उत्कृट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योजदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गरिएको उक्त संस्थाले जानकारी दिएको छ । सम्मान कार्यक्रमले समाजमा सबैको मनोवल बलियो पार्नुको साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन पनि हौसला प्रदान गर्ने आयोजक कमिटिका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।

उक्त कार्यक्रमको तयारी पछिल्लो ६ महिना देखि नै सुरुवात भएको थियो र निर्णयक मण्डलले यसमा पछिल्लो ५ महिना देखि अनवरत रुपमा कार्यसम्मपन्न गरेका थिए । निर्णयक मण्डलको नेतृत्व काठमाण्डौ विश्वविद्यालयका व्यवस्थापन संकायका पुर्व डिन प्रोफेसर डा. सुवाश के.सीले गरेका थिए । साथै अन्य निर्णायक मण्डल सदस्यहरुमा पुणय प्रसाद न्यौपाने पुर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ त्रिभुवन विश्वविद्यालय, सफल पार्टनरका सीईओ ओषुतोश तिवार, पुर्व बैकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाइ रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL