Logo

इकोनको अध्यक्षमा रेशम पोखरेल, चुनियो १५ सदस्यीय कार्यसमित

इकोनको अध्यक्षमा रेशम पोखरेल, चुनियो १५ सदस्यीय कार्यसमित



काठमाडौं । नेपाल निर्यात परिषद् (इकोन) को अध्यक्षमा रेशम बहादुर पोखरेल चयन भएका छन् । इनकोनको २४औं साधारणसभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उनी यसअघि उक्त संस्थाका प्रथम उपाध्यक्ष थिए ।

यसैगरी इकोनको प्रथम उपाध्यक्षमा नरेशलाल श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा फेल्ट एसोसिएसनका अध्यक्ष समेत रहेका श्रेष्ठ सर्वसम्म रुपमा वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् । यसैगरी द्वितिय उपाध्यक्षमा डा. रामशरण थपलिया, महासचिवमा हरि ढकाल, कोषध्यक्षमा कन्हैयालाल साह, सचिवमा राजु बानियाँ, सह कोषध्यक्षमा हरिप्रसाद ढकाल चयन भएका छन् ।

यसैगरी संस्थाको सदस्यहरुमा अमृतमान श्रेष्ठ, बसन्तराज अधिकारी, हरिशरण भेटवाल, गणेश पराजुली, प्रविनमान श्रेष्ठ, रामकुमार थपलिया र सरस्वती सेढाई चयन भएका छन् । उक्त कार्यसमितिमा निवर्तमान अध्यक्षको रुपमा हरि बहादुर कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL