Logo

बज्र ग्रुपद्वारा सोमानी ग्रान्डे शोरुम उद्घाटन, सेरामिक्सका सबै सामान एकै स्थानमा

बज्र ग्रुपद्वारा सोमानी ग्रान्डे शोरुम उद्घाटन, सेरामिक्सका सबै सामान एकै स्थानमा



काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राईजेज प्रालिले सोमानी ग्रान्डे शोरुमको उद्घाटन गरेको छ । बिहीवार ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले उक्त शोरुमको उद्घाटन गरिएको छ ।

laxmi

सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीका अनुसार सोमानी सेरामिक्स भारतको सिरमिक उद्योगमा अग्रणीमा परेको कम्पनी हो । कम्पनीले उच्च मापदण्ड तय गर्दै सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रालि (बज्र ग्रुप) मार्फत सेवा विस्तार गरेको हो ।

विगत ३० वर्षदेखि ,आफ्ना ग्राहकलाई सुपथ मुल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउँदै आएको बज्र ग्रुपले उक्त शोरुम उद्घाटन्को अवसरमा सामानको खरिदमा गिफ्ट भौचर समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL