Logo

लक्ष्मी ग्रुपको ४८ औं स्थापना दिवस : रक्तदानसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी सम्पन्न

लक्ष्मी ग्रुपको ४८ औं स्थापना दिवस : रक्तदानसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी सम्पन्न



काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ४८ औं स्थापना दिवस मनाएको छ । ग्रुपले हरेक बर्ष पुस ५ गते मनाउने गरेको आफ्नो स्थापना दिवसलाई यो बर्ष पनि निरन्तरता दिएको हो । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले नेपालमा विश्वशिलो, स्थापित र व्यबस्थित कम्पनीको रुपमा सेवा, रोजगारि प्रदान गरिरहेको छ । लक्ष्मी ग्रुपले ४८ वर्ष पुरा गरिरहदा कन्फेक्सनरी, डेरी, प्लास्टबकि, अटोमोबाईल विद्युत तथा स्टिल अनि अन्य थुप्रै छेत्रमा लगानी गरिरहेको छ र भविष्यमा अन्य थुप्रै छेत्रमा लगानी गर्ने तयारीमा रहेको ग्रुपले जानकारी दिएको छ ।

सोमबारका दिन एलिस रिसेप्सनमा भएको ४८ औं कर्पाेरेट डेमा लक्ष्मी ग्रुप अन्तर्गतको सम्पूर्ण कम्पनिहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन र स्वागत मन्तव्य प्रस्तुत लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो र खेलकुद सप्ताहमा बिजेता भएका खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो । ग्रुपले हरेक वर्ष पुष ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ । ग्रुपले पुष ५ गते रक्तदान कार्यक्रम कार्यालयको आफ्नै आँगनमा भव्य तरिकाले संचालन गरेका थियो जसमा ६५ जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दिएर आफ्नो समाजप्रतिको जिम्मेवारी वहन गरेका थिए ।

यसैगरी लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्दान्न सामग्री, टोपी र मास्क वितरणसमेत गरेको थियो । चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेशनरी समान वितरण गरेको थियो । यसैगरी मिठाई, स्टेसनरी, डाईपर, मास्क, सेनीटाईजर गरि ४२ वटा सामाग्रीहरु वितरण गरेको थियो ।
सो कार्यक्रममा बोल्दै लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले ‘लक्ष्मी एकेडेमी’ को पनि उद्घाटन गरेका थिए । आगामी योजनाहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL