Logo

रेनोको नयाँँ शोरुम अब लाहानमा पनि, यी गाडीहरु उपलब्ध हुनेछन्

रेनोको नयाँँ शोरुम अब लाहानमा पनि, यी गाडीहरु उपलब्ध हुनेछन्



काठमाडौं । रेनोको नयाँ शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा नयाँँ शोरुम खोलेको हो । उक्त नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ ।

भाग्य महालक्ष्मी अटोमोबिल्स प्रालिको सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लाहानका अशोक लाल अमात्यको प्रमुख अतिथि तथा कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले उद्घाटन गरेका हुन् ।

कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ । नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ।’

सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।

यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL