Logo

पुस १ र २ मा छैठौं व्यवस्थापन तथा आईटी शैक्षिक मेला आयोजना हुँदै, १५ विदेशी संस्था सहभागी हुने

पुस १ र २ मा छैठौं व्यवस्थापन तथा आईटी शैक्षिक मेला आयोजना हुँदै, १५ विदेशी संस्था सहभागी हुने



काठमाडौ । आगामी बिहीबारदेखि राजधानीमा छैटौ व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पुस १ र २ गते युनिभर्सल थट कन्सल्ट (युटीसी)ले ‘स्टडी इन नेपाल’ भन्ने मुल नाराका साथ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उक्त मेला आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी सीएसआइटीलगायतका शैक्षीक उपाधिहरु प्रदान गर्ने नेपालभरका ३० शैक्षीक संस्थाहरुको सहभागिता रहने छ ।

आयोजकका अनुसार शैक्षिक मेलामा पोखरा विश्वविद्यालयका ९, त्रिभुवन विश्वविद्यालयका ६, पुर्वाञ्चल विश्वविद्यालयका ३, काठमाडौं विश्वविद्यालयका २ र मध्यपश्चिम विश्वविद्यालयका ५ शैक्षिक संस्थाहरु सहभागी हुनेछन ।

यस्तै नेपाली विश्वविद्यालयका कलेज, २ वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको समेत सहभागिता हुने बताईएको छ । १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागितासँगै मेलामा ५१ वटा स्टलहरु रहने युटीसीका एडमीनिस्टे«टिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकास ढकालले जानकारी दिए ।

युटीसीका कार्यकारी निर्देशक राजेश बुद्धशैनीका अनुसार यस वर्षको छैठौ शैक्षिक मेलामा कक्षा ११, १२ अध्ययनरत र कक्षा १२ को परिक्षा सकेर बसेका विद्यार्थीहरु सहभागी हुनेछन । विगतका शैक्षिक मेलाले कम खर्चमा नेपालमै व्यवस्थापन तथा आईटीतर्फ गुणस्तरीय शिक्षाका साथै अन्तरराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिसकेको संस्थाले जानकारी दिएको छ ।

उक्त मेलाको टाईटल स्पोन्सर प्रेसीडेन्सीयल बिजनेश स्कुल कलेज र मुख्य स्पोन्सर आइआइएस कलेज रहेका छन । मेलाको इन एसोसिएसन विथमा ट्रिनिटी, किष्ट लगायत ७ वटा कलेज रहेको टे«ड सो नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL