Logo

ढुंगानाको मुद्दामा सर्वोच्चद्वारा सरकारलाई कारण देखाउ आदेश, दिएन अन्तरिम आदेश

ढुंगानाको मुद्दामा सर्वोच्चद्वारा सरकारलाई कारण देखाउ आदेश, दिएन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष भिष्मराज ढुंगानाको मुद्दामा सुनुवाई गर्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । बोर्डका तत्कालिन अध्यक्ष ढुंगानालाई किन बर्खास्त गरेको हो भन्दै सर्वोच्चले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले ढुंगानालाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सरकार आफुलाई गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै पुनर्बहालीको लागि कात्तिक ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्चले ढुंगानाको माग बमोजिम अन्तरिम आदेश जारि नगरेपनि सरकारको नाममा हटाउनुको कारण देखाउ आदेश जारी गरेको हो ।

ढुंगानालाई अर्थ मन्त्रालयको सिफारिसमा असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL