Logo

नेप्सेमा ७२ अंकको पहिरो : कारोबार रकम ४ अर्ब माथि, यी हुन नाफा बुक गर्ने १२ कम्पनी

नेप्सेमा ७२ अंकको पहिरो : कारोबार रकम ४ अर्ब माथि, यी हुन नाफा बुक गर्ने १२ कम्पनी



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ठुलो गिरावट आएको छ । बिहानै देखि लगातार ओरालो लागेको बजार अन्तिममा ७२ दशमलव ३० अंकले घट्दै २५ सय १३ को विन्दुमा पुगेको हो । बजारमा कारोबार भएका सबै उपसमुहका परिसुचकमा समेत आज ठुलो गिरावट आएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढि गिरावट बीमा, विकास बैंक र वित्त समुहमा आएको छ ।

आज जीवन बीमा समुहको परिसुचक ३७२ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचकमा २५१ अंकको गिरावट आएको छ । यता विकास बैंक समुहको परिसुचकमा भने आज २०३ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचक १२४ अंकले घटेको छ । घटेको बजारमा सबैभन्दा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ४० अंकले घट्दा व्यापार समुहको परिसुचकमा ११८ अंकको गिरावट आएको छ ।

घटेको बजारमा कुल २ सय २६ कम्पनीको ८९ लाख २० हजार ८ सय ९४ कित्ता सेयर ६० हजार ८८ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

आज १२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । आज बजार ठुलो अंकले घट्दा पनि नाफा कमाउने कम्पनीहरु न्यादी जलविद्युत, नयाँ सारथी लघुवित्त, मैलुङ खोला जलविद्युतलगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL