Logo

‘८% नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचिकृत, बिहीबार पहिलो कारोबार हुने

‘८% नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचिकृत, बिहीबार पहिलो कारोबार हुने



काठमाडौं । नबिल बैंकको २२ लाख ७ हजार बढि कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग ‘८∞ नबिल डिबेन्चर २०८५’ सूचीकृतका लागि सम्झौता गरेको हो । क्रम संख्या १ देखि २२,०७,१०८ सम्म रहेको उक्त ऋणपत्रको अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति २०७८/०४/१० मा आव्हान गरी मिति २०७८/०४/३१ मा बाँडफाँड गरेको थियो । सूचीकृत ‘८∞ नबिल डिबेन्चर २०८५’ को दोश्रो बजारको कारोबार बिहीबारदेखि नै नेप्सेमा शुरु हुनेछ ।

७ बर्ष अवधि रहेको उक्त डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL