Logo

आइएमई पे को ग्राहकमैत्री योजना सार्वजनिक, आइएमई पेमार्फत वस्तुको भुक्तानी गर्दा २०% क्यासव्याक पाईने

आइएमई पे को ग्राहकमैत्री योजना सार्वजनिक, आइएमई पेमार्फत वस्तुको भुक्तानी गर्दा २०% क्यासव्याक पाईने



काठमाडौं । आइएमई ग्रुप अन्तरगतको आइएमई पे ले सेवाग्राही केन्द्रित योजना सार्वजनिक गरेको छ । कम्पनीले अब नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतित (३ सय रुपैयाँ)सम्मको क्यासब्याक पाउने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली ब्यक्त गरेका छन् ।

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुने कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

‘आइएमई पे’ को बारेमा :

‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL