Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य उकलो लागेको हो ।

महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनक प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यो बढ्दै आज सुनको मूल्य प्रतितोल ९१ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार घट्दै प्रतितोला १२ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL