Logo

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित, महासचिवमा ज्ञानेन्द्र दाहाल

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित, महासचिवमा ज्ञानेन्द्र दाहाल



काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे नियुक्त भएका छन् । एसोसीएसनको २० औ बार्षिक साधारण सभामा उले प्रतिद्वन्दी रामकृष्ण प्रसाईलाई उछिन्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ६९ मत ल्याउँदा उनका प्रतिद्वन्दी प्रसाईले ३४ भोट प्राप्त गरेका थिए ।

यस्तै संघको महासचिव पदमा ज्ञानेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् । उनले प्रतिपक्षि ऋषीराज घिमिरेभन्दा ४१ मत बढि ल्याई महासचिवमा निर्वाचित भएका हुन् ।

यस्तै संघको सदस्यमा क्रमशः राजन गौतम, अशोक कुमा श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशर बहादुर प्रधान, फशपत शाह, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL