Logo

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकमले साथ छाड्दा अन्योलमा लगानीकर्ता

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकमले साथ छाड्दा अन्योलमा लगानीकर्ता



काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से बिहीबार १४.७० अंकले घट्न पुगेको छ । कतिपय लगानीकर्ताले बुधबार भएको उच्च वृद्धिसँगै बजार बाउन्स ब्याक भएको संकेत गरेपनि त्यसको भोलीपल्टै नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

laxmi

बुधबार केही लगानीकर्ताले बजार बाउन्स ब्याक भएको बताएका थिए भने धेरैजसो लगानीकर्ता तथा सेयर बजार सम्बन्धी विश्लेषकहरुले भने बजार अहिलेकै विन्दुबाट उकालो लाग्न कठिन रहेको बताएका थिए । सोमबार र मंगलबार उच्च अंकले घटेको बजार सोमबार सोही अनुपातमा बढ्नुलाई कतिपय लगानीकर्ताले भने डेड क्याट बाउन्सको संज्ञा दिएका थिए । साथै बजार पनि सोही अनुरुप बिहीबार दोहोरो अंकले घट्न पुग्यो ।

पछिल्लो समय परिसुचकमा हुने घटबढभन्दा पनि कारोबार रकममा भैरहेको निरन्तर गिरावटले लगानीकर्ता थप अन्यौलमा परेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘यस अघि नेप्से परिसुचक घटेपनि दैनिक कारोबार १५/२० अर्ब रुपैयाँको भइरहदा लगानीकर्तामा बजारले तत्कालै पुनः उकालो यात्रा तय गर्छ भन्ने आशा पलाउथ्यो,’ एक लगानीकर्ताले भने, ‘तर अहिले बजार बढ्दा होस वा घट्दा जसरी कारोबार रकममा निरन्तर गिरावट आईरहेको छ यसले गर्दा लगानीकर्ताको मनोविज्ञान नै खस्किएको छ ।’

बुलिस बजारमा प्रवेश गरेका उद्योगी तथा व्यापारीहरु लकडाउन खुकुलो भएसँगै नेप्से परिसुचक ३ हजार अंक माथि रहँदै आफ्नो व्यापार व्यवसायमा फर्किसकेका थिए भने सोसँगै कतिपय ठूला लगानीकर्ता समेत बजारबाट बाहिरिएका थिए । साथै राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको १२ करोडको सीमाले बजारमा खेल्दै आएका सिमित लगानीकर्ताहरु समेत बाध्यतावस बजारबाट बाहिरिनु परेको छ ।

‘अहिले ऋण लिएर सेयर बजारमा खेल्दै आएका ठूला लगानीकर्ताहरु राष्ट्र बैंकको नीतिका कारण बाध्यताबस बाहिरिनु परेको छ र लकडाउनमा छिरेका उद्योगी व्यापारीहरु लकडाउन खुलेसँगै आआफ्नै व्यापार व्यवसायमा फर्किएका छन्,’ एक लगानीकर्ताले भने, ‘पछिल्लो समय बजारमा लगातार गिरावट आएुसँगै हाल बजारमा भैरहेका लगानीकर्ताले मात्र थेग्न सक्ने अवस्था देखिएन ।’ अहिले धेरैजसो लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको र बजारमा रहिरहेका लगानीकर्ताहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका कारण बजारमा गिरावट आइरहेको सेयर बजार सम्बन्धी विश्लेषकहरु बताउँछन् ।

सोही अनुरुप साताको अन्तिम दिन दिनभर घटबढ भइरहेको बजारमा अन्तिममा दोहोरो अंकले झरेको छ । जसका २ अर्ब ६३ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । केही समययता बजारमा बढ्दा जुन कम्पनीको मुल्य बढ्छ घट्दा पनि सोही कम्पनीको मुल्य बढि घट्ने गरेका कारण बजारले थप अन्यौलता सिर्जना गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL