Logo

नेप्से ६८ अंकले बढ्दा कारोबार रकम ४ अर्बमा सिमित, १२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से ६८ अंकले बढ्दा कारोबार रकम ४ अर्बमा सिमित, १२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६८ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजार मंगलबार र बुधबार भने उकालो लाग्दा बुधबार ६८ दशमलव ४७ अंकले उकालो लागेको हो । नेप्सेका अनुसार बजार ६८ अंकले उकालो लाग्दा पनि कारोबार रकम भने ४ अर्बमै सिमित भएको छ । बुधबार २२७ कम्पनीका ८१ लाख ८९ हजार बढि कित्ता किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब ५० करोड ६ लाख ५८ हजार रुपैयाँमा सिमति भएको हो ।

आज बजारमा सबै समुह उकालो लाग्दा सबैभन्दा बढि वृद्धि भने वित्त समुह रहेको छ । उक्त समुहको परिसुचक आज ६ प्रतिशतले उकालो लागेको हो । यस्तै विकास बैंक, निर्जिबन बीमा समुह, जिवन बीमा समुहलगायत समुहको परिसुचकमा उल्लेख्य वृद्धि भएको छ । आज बजारमा कारोबार भएका मध्ये १८० कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५ कम्पनीको सेयरमूल्य ओरालो लागेको हो ।

जसमा १२ कम्पनीको सेयमूल्यले सकारात्मक सर्किट ब्रेक लागेको हो । आज सेयरमूल्य १० प्रतिशतले बढ्ने कम्पनीहरुमा बेस्ट फाईनान्स, प्रोग्रेसिभ फाईनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL