Logo

सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त



काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यस अघि सरकारले छानविन समिति गठन गर्दै ढुंगानालाई निलम्बन गरेको थियो । निलम्बित अध्यक्ष ढुंगानालाई असोज ११ गतेकोे मन्त्रिपरिषद बैंढकले स्पष्टीकरण सोधेको थियो ।

तर ढुंगानाले सरकारलाई बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै आज बसेको मन्त्रिपरिषद बैंठकले बर्खास्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL