Logo

एनआईसी एसिया लघुवित्त र रिलायन्स लाइफले पारे लगानीकर्ता निराश, दुबैले ५ प्रतिशतको हाराहारीमा नगद लाभांसमात्र दिने

एनआईसी एसिया लघुवित्त र रिलायन्स लाइफले पारे लगानीकर्ता निराश, दुबैले ५ प्रतिशतको हाराहारीमा नगद लाभांसमात्र दिने



काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांस घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ दशमलव ४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

रिलायन्स लाइफले पनि नगद लाभांस मात्रै दिने

एनआईसी एशिया लघुवित्त जस्तै रिलायन्स लाइफले पनि नगद लाभांस मात्रै दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ दशमलव २६ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL