Logo

सेयर बजारको विषयमा महासंघको चासो, भन्यो-यी ५ कारणले बजार घट्यो

सेयर बजारको विषयमा महासंघको चासो, भन्यो-यी ५ कारणले बजार घट्यो



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले घट्दो सेयर बजारको विषयमा चासो देखाएको छ । महासंघले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न ५ कारणले गर्दा पछिल्लो समय सेयर बजारमा गिरावट आएको निष्कर्ष निकालेको छ ।

मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहेको महासंघले बताएको छ । तर केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पंूजीबजारमा उतार चढाव आएको महासंघको महसुस छ ।

विशेषगरी मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको देखिन्छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ ।’

पुँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा महासंघले आग्रह गरेको छ । साथै पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफुले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न समेत महासंघले आग्रह गरेको छ ।

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गरेको छ । साथै पुँजी बजारकोे बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुदा त्यसपर्तm सबैले योगदान गर्न पनि महासंघ सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL