Logo

नागरिक लगानी कोष र आइएमइबीच सम्झौता, वैदेशिक रोजगारीमा गएकालाई नागरिक पेन्सनमा आवद्ध गरिने

नागरिक लगानी कोष र आइएमइबीच सम्झौता, वैदेशिक रोजगारीमा गएकालाई नागरिक पेन्सनमा आवद्ध गरिने



काठमाडौ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल वीच सोमबार हस्ताक्षर भएको हो ।

बैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ९समृद्धि० को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो ।

उक्त सफ्टवेयरको निर्माणसँगै आइएमईसँग भएको समझदारीले बैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे लगायत सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL