Logo

इन्भेष्टर फोरमले भन्यो : बजारमा ८ खर्ब बढिको नोक्सान भयो, सम्बन्धित निकाय मौन किन ?

इन्भेष्टर फोरमले भन्यो : बजारमा ८ खर्ब बढिको नोक्सान भयो, सम्बन्धित निकाय मौन किन ?



काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारले ८ खर्ब बढि लगानी गुमाइसक्दा पनि सरकारी निकायहरु मौन रहेको आरोप लगाएको छ । फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालको पूंजी बजारले ८ खर्ब भन्दा बढि गुमाइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाख भन्दा बढि लगानीकर्ताहरू अझ बढि मर्माहत भएको जानकारी दिएको हो ।

laxmi

फोरमको विज्ञप्तिमा समृद्धिको नारा बोकेको नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरू बेखबर जस्तै रहनुले भनाइ र गराइमा फरक रहेको उल्लेख छ । यस्तै सोहि गलत नीतिको कारणले पूंजी बजारमा आपूर्ति बढ्न गएको लगानीकर्ताको भनाई छ ।

तर, विगतमा जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण गम्भीर रुपमा लगानी योग्य पूँजी आपूर्तिका कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरूको पूजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकतामैत्री ऐन कानूनहरू नहुनाले समस्या देखापरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै फोरमले आफ्ना केही मागहरु पुरा गर्नसमेत सरकारसमक्ष आग्रह गरेको छ ।

  • नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस् ।
  • नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा विस्तार गरियोस् ।
  • ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस् ।
  • हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस् ।
  • पूंजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस् ।

्र

प्रतिक्रिया दिनुहोस्
MBL