Logo

साहस उर्जाको सेयर रजिष्ट्रारमा एनआइबीएलएस क्यापिटल नियुक्त, सेयरधनीले सेयर दाखिलादेखि खारेजसम्म गर्न सक्ने

साहस उर्जाको सेयर रजिष्ट्रारमा एनआइबीएलएस क्यापिटल नियुक्त, सेयरधनीले सेयर दाखिलादेखि खारेजसम्म गर्न सक्ने



काठमाडौं । साहस उर्जा लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबीएलएस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिला खारेज लगायतको सेयर सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । आइतबार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड विच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ ।

laxmi

साहस उर्जा लिमिटेड वि. स. २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई वि. स. २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो ।

उक्त सम्झौतामा साहस उर्जा लिमिटेडबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL