Logo

भीभोको लक्की ड्र अभियान सार्वजनिक, इयरबड्सदेखि ल्यापटपसम्म जित्ने मौका

भीभोको लक्की ड्र अभियान सार्वजनिक, इयरबड्सदेखि ल्यापटपसम्म जित्ने मौका



काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनी भीभोले दशैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसरस्वरुप उक्त अभियान सार्वजनिक गरिएको हो । अक्टोबर १ तारिख देखि नोभेम्बर १५ सम्म भीभो स्मार्ट फोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता गर्ने मौका पाउने छन । भीभो स्मार्ट फोन कुनै पनि भीभोको विशेष स्टोर वा आधिकारिक खुद्रा विक्रेता पसलबाट खरीद गर्न सकिने छ ।

दशैं भीभो लक्की ड्र«मा सहभागी भाग्यशाली ग्राहकहरुले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै एलजीका होम अप्लाएन्सेन्, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमि’ हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स् र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्ने छन् ।

भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत, भीभोले नेपालमा पुर्याएको गुणस्तरीय सेवा र त्यस प्रति ग्राहकको बढ्दो अभिरुचिबारे प्रकाश पार्दै भने, ‘हाम्रा ग्राहकहरुबाट पाएको माया प्रति हामी अत्यन्त आभारी छौँ र नेपाली जनतालाई थप अन्य आकर्षक उत्पादन प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ ।’

निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरीद गर्ने ग्राहकले यसमा सहभागिता गर्न सक्नेछन् । यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यू आर कोड स्क्यानिङ गरी आफूलाई सहभागी गराउनुपर्नेछ । विजयीहरुको घोषणा लक्की ड्र« मार्फत तुरुन्तै गरिने छ र उनीहरुको उपहार भीभो मार्फत जानकारी गराइनेछ । पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL