Logo

केएफसीको बाह्रौं आउटलेट नेपालगंजमा, चिकेनका परिकारको स्वाद लिन पाईने

केएफसीको बाह्रौं आउटलेट नेपालगंजमा, चिकेनका परिकारको स्वाद लिन पाईने



काठमाडौं । अन्तरराष्ट्रिय फुड चेन ब्राण्ड केएफसीले नेपालमा आफ्नो बाह्रौं आउटलेट नेपालगंजमा संचालनमा ल्याएको छ । कम्पनीले नेपालगंज उपमहानगरपालीका वडा नंबर १८ स्थित भाटभटेनी स्टोरको प्रांगणमा उक्त आउटलेट संचालनमा ल्याएको हो ।

उक्त आउटलेटमा चिकेनका परिकारहरु जस्तै, क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, बर्गरलगायतको स्वाद लिन सकिने छ ।
कम्पनीले कोरोना विरुद्धका विभिन्न ४ प्रकारका रोकथामका उपायहरु अवलम्बन गरेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL