Logo

दिनभर उत्तारचढाव आएको नेप्से अन्तिममा ५० अंकले बढ्यो, कारोबार ५ अर्बमै सिमित

दिनभर उत्तारचढाव आएको नेप्से अन्तिममा ५० अंकले बढ्यो, कारोबार ५ अर्बमै सिमित



काठमाडौं । पछिल्लो समय तिव्र उत्तारचढाव भईरहेको सेयर बजारमा आज अर्थात बुधबार ५० अंकको वृद्धि देखिएको छ । दिनभर उत्तारचढाव भईरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार समयको अन्तिम आधा घण्टामा ५० दशमलव ५८ अंकले उकालो लागेको हो ।

बजारमा कारोबार भएका सबै समुहका परिसुचकहरु उकालो लाग्दा कारोबार रकम भने ५ अर्बमा सिमित भएको छ । नेप्सेका अनुसार दिनभरी भएको कारोबारमा कुल २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँमा सिमित भएको हो ।

आज बजारमा कारोबार भएका समुहमध्ये सबैभन्दा बढि वृद्धि बीमा समुहमा देखिन्छ । बुधबार निर्जिवन बीमा समुहको परिसुचक २५५ अंकले बढ्दा जिवन बीमा समुहको परिसुचकमा भने २१५ अंकको वृद्धि देखिन्छ । यस्तै विकास बैंक समुहको परिसुचक १५०, जलविद्युत, ११७, वित्त १०७, उत्पादनमुलक १०३ अंकले बढेको देख्न सकिन्छ । यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज २० अंकको वृद्धि भएको छ ।

आज बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय ७३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ११ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । यस्तै २ कम्पनीको मूल्य भने तटस्थ देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL