Logo

ओरालो यात्रा तय गर्दै बजार, नेप्से परिसुचक ४० अंकले घट्दा सबै समुहमा गिरावट

ओरालो यात्रा तय गर्दै बजार, नेप्से परिसुचक ४० अंकले घट्दा सबै समुहमा गिरावट



काठमाडौं । केही समययता घट्न सुरु गरेको बजारले पछिल्लो समय ओरालो यात्रा तय गरेको छ । यो हप्ताको सुरु देखिनै घट्न सुरु गरेको बजार सोमबार केही धानिएपनि पुनः ओरालो यात्रा तय गरेको हो ।

बुधबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तिममा ४० दशमलव २६ अंकले घटेर बन्द भएको छ । आज बजारमा सबै समुहका परिसुचकहरु घटेका छन् । नेप्सेका अनुसार आज सबैभन्दा बढि गिरावट निर्जिवन बीमा समुहको परिसुचकमा देखिन्छ ।

निर्जिवन बीमा समहुको परिसुचक २७२ अंकले ओरालो लाग्दा जिवन बीमा समुहको परिसुचक भने १७५ अंकले ओरालो लागेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचकमा पनि ११६ अंकको गिरावट आएको छ । बजारमा धेरै प्रभुत्व रहको बैंकिङ समुहको परिसुचकमा आज २० अंकको गिरावट आउँदा होटल तथा पर्यटन समुहको परिसुचकमा ७९ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

आज कारोबार भएका कुल कम्पनीहरुमध्ये ११ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १७२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने २ कम्पनीको सेयरमूल्य तटस्थ छ ।

दिनभर कारोबार भएको बजारमा २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बढि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL