Logo

वरिष्ठ उपाध्यक्ष ढकालले भने – ‘कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण’

वरिष्ठ उपाध्यक्ष ढकालले भने – ‘कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

laxmi

नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने धारणा राखे ।

‘यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘यसका लागि निजी क्षेत्रको छाता संगठनका हैसियतले नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नेछ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले इमेल इन्टरनेटका कारण कुरियर सेवा छायाँमा परेको जस्तो देखिए पनि यसको महत्वमा कहिल्यै कमी नआउने उल्लेख गरे । व्यापार व्यवसायमा मात्र नभई आम सर्वसाधारण समेतको सेवा दिइरहेको कुरियर सेवा ओझेलमा परेको उल्लेख गर्दै उनले संसारका विकसित मुलुकमा यसको महत्वमा कहिल्यै कम नआएको र नेपालले पनि संरक्षण र सम्बद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।
ढकालले आफूले सुरुवाती दिनमा कार्गो र कुरियर क्षेत्रबाटै व्यवसाय सुरु गरेको स्मरण गर्दै यस क्षेत्रले भोग्नुपरेका समस्या आफूले महशुस गर्नसक्ने धारणा राखे ।

आफूले व्यवसाय सुरु गर्दाका अनुभव सुनाउँदै उनले सुरुवाती दिनमा व्यवसायमा समस्या रहे पनि निरन्तर लागिरहे एक दिन अवश्य सफल हुनसकिने बताए । कुरियर व्यवसायमा पहिले अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको स्मरण गराउँदै उनले व्यवसायीलाई सेवामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन् । सेवाशुल्क र अन्य शुल्क पारदर्शी हुनुपर्ने उनको भनाइ छ । संघको २७ औं वार्षिक साधारणसभाले देवेन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL