Logo

लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता, कोषका कर्मचारी र परिवारलाई स्वास्थ्य सेवामा छुट

लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता, कोषका कर्मचारी र परिवारलाई स्वास्थ्य सेवामा छुट



काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि नयाँ बानेश्वरबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सहमतिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा.राजेश देवबीच हस्ताक्षर भएको हो । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल,निर्देशक गोपाल घिमिरे,कामु नायव निर्देशक रोशन जंग कार्की, उप निर्देशक अमृत बहादुर अधिकारीको उपस्थिती रहेको थियो ।

सो सेन्टरमा कोषका कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दशै तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०/२० प्रतिशत , माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, बर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलब ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुटको व्यवस्था गरिएको छ ।
त्यसैगरी कोषका सहभागी र उनीहरुका परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दशै र तिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुट दिने सम्झौतामा उल्लेख छ । यस सम्झौताले कोषमा बिभिन्न योजनाहरुमा सहभागि भएका योगदान कर्ताहरुले लाभ लिन सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL