Logo

महासंघ अध्यक्ष शेखर गोल्छाले भने, ‘चन्द्र ढकालले कार्यव्यस्तताका कारण बोर्ड सदस्य छाडेका हुन, कुनै दबाबमा होइन’

महासंघ अध्यक्ष शेखर गोल्छाले भने, ‘चन्द्र ढकालले कार्यव्यस्तताका कारण बोर्ड सदस्य छाडेका हुन, कुनै दबाबमा होइन’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजिनामा दिएका छन् । ढकालले आफ्नो कार्यव्यस्तताका कारण बोर्ड सदस्यको रुपमा सहभागिता जनाउन नभ्याउने भएकाले उक्त पदबाट छाडेको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यव्यस्तता कारण पदबाट राजिनामा दिनुभएको हो,’ अध्यक्ष गोल्छाले भने, ‘बजारमा जुन खालको टिकाटिप्पणी आएको छ त्यसका कारण उहाँ पदबाट हट्नु भएको होइन ।’

निजी क्षेत्रको माग सम्बोधनका साथै रियल सेक्टरका कम्पनीलाई पुँजी बजारमा प्रवश गराउनका लागि विज्ञको रुपमा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षलाई बोर्डको सदस्यमा पठाउँदै आएको छ । ‘यसअघि वरिष्ठ उपाध्यक्षको हैसियतले म आफै बोर्ड सदस्य भएर काम गरेको थिए,’ गोल्छाले भने, ‘सोही अनुरुप यसपटक पनि महासंघले नै निर्णय गरेर वरिष्ठ उपाध्यक्ष ढकाललाई बोर्ड सदस्यमा पठाएका थियौं तर उहाँले कार्यव्यवस्तताका कारण नभ्याउने भएपछि छाड्नुभयो ।’

बोर्डको सदस्यबाट ढकालले छाडेसँगै महासंघले उनको ठाउँमा अर्को व्यक्ति पठाउने भएको छ । सम्भवत महासंघले ढकालको स्थानमा बोर्ड सदस्यको रुपमा उपाध्यक्ष अञ्जन श्रेष्ठलाई पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL