Logo

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा, यस्ता छन एजेण्डा

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा, यस्ता छन एजेण्डा



काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् ।

laxmi

नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उनले उम्मेद्वारी दिएको बताएका छन् ।

अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजिक्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उनले जानकारी दिएका छन् ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थान सँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए । हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL