Logo

दोहोरो अंकले उकालो लाग्यो नेप्से परिसुचक, ११ अर्ब बढीको कारोबार

दोहोरो अंकले उकालो लाग्यो नेप्से परिसुचक, ११ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । पछिल्लो समय ओरालो लागिरहेको परिसुचक बिहीबार भने १८ दशमलव ७५ अंकले उकालो लागेको हो ।

laxmi

आज बजारमा २ सय २२ कम्पनीका ं५ करोड ५९ लाख ६४ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ रुपैयाँ पुगेको छ । बजारमा कारोबार भएका कुल कम्पनीमध्ये ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

यस्तै आज बजारमा ५ उपसमुहको परिसुचक उकालो लाग्दा ८ उपसमुहको परिसुचकमा गिरावट आएको थियो । जसमध्ये सबैभन्दा बढि वृद्धि वित्त उपसमुहका ३८.२५ अंकको हुँदा सबैभन्दा बढि गिरावट व्यापार उपसमुहमा ८२ अंकको आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL