Logo

बाँडफाँड भयो मनकामना स्मार्ट लघुवित्तको आईपीओ, १९ लाख १७ हजार बढीको हातखाली, यसरी हेर्नुहोस नतिजा

बाँडफाँड भयो मनकामना स्मार्ट लघुवित्तको आईपीओ, १९ लाख १७ हजार बढीको हातखाली, यसरी हेर्नुहोस नतिजा



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको विक्री प्रवन्धक एनएमबी क्यापिटलले सोमबार बिहान उक्त आईपीओ बाँडफाँड गरेको हो । कुल १९ लाख ५४ हजार २ सय ७४ जनाले आवेदन दिएको उक्त आईपीओमा गोलाप्रथाबाट जम्मा ३६ हजार ३ सय ४९ जनाले सेयर हात पारेका छन् । जसमध्ये २ जनाले भने ११ ११ कित्ता सेयर हात पारेका हुन् ।

विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आवेदन दिएका मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्ध भएको थियो । यस्तै बाँकी योग्य आवेदकमध्ये १९ लाख १७ हजार बढिले भने सेयर नपाई हातखाली भएको छ ।

असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले विभिन्न अनलाईन पत्रिकाहरुलाई आईपीओको नतिजा राख्न नमिल्ने व्यवस्था गरेसँगै आईपीओको नतिजा हेर्ने २ देखि ३ ओटा निकाय तोकिएका छन् । जसमा निष्काशन गर्ने कम्पनी, विक्री प्रवन्धक र मेरोसेयरमार्फत मात्रै आईपीओ परेनपरेको हेर्न सकिन्छ । जसमा मनकामना स्मार्ट लघुवित्तको वेबसाइट https://www.manakamanalbs.com/,  बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस्
MBL