Logo

७३ अंकले उकालो लाग्यो नेप्से परिसुचक, कारोबार रकम ८ अर्ब माथि

७३ अंकले उकालो लाग्यो नेप्से परिसुचक, कारोबार रकम ८ अर्ब माथि



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७३ अंकले उकालो लागेको छ । गत हप्ताभरी ओरालो लागेर कारोबारको अन्तिम दिन अर्थात शुक्रबार झिनो अंकसहित उकालो लागेको नेप्से परिसूचक यो साताको पहिलो दिन भने ७३ दशमलव ३३ अंकले उकालो लागेको हो । दिनभर भएको कारोबारमा २ सय २५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि ८ अर्ब माथि पुगेको छ । नेप्सेका अनुसार आईतबार कारोबार रकम ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ पुगेको हो ।

आईतबार बजार उकालो लाग्दा सबै उपसमुहरु पनि उकालो लागेको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी जिवन बीमा, निर्जीवन बीमा र विकास बैंक समुहको परिसुचक उकालो लागेका छन् । निर्जिवन बीमा समुहको परिसुचक ३ सय ५५.२६ अंकले उकालो लाग्दा विकास बैंक समुहको परिसुचक ३ सय ५५.२२ अंकले उकालो लागेको हो । यस्तै आज जिवन बीमा समुहको परिसुचक पनि ४ सय ९८ अंकले उकालो लागेको छ ।

आज बजारमा कारोबार भएका १ सय ७८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४ कम्पनीको सेयमूल्य ओरालो लागेको छ । यस्तै १ कम्पनीको सेयमूल्य भने तटस्थ रहेको थियो । आज २४ कम्पनीको सेयमूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ भने अन्य कम्पनीको मूल्य पनि सोहीअनुसार उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL