Logo

पूँजी बजार प्रवद्र्धन समिति गठन, समेटिए ब्रोकरदेखि मर्चेन्ट बैंकरसम्म

पूँजी बजार प्रवद्र्धन समिति गठन, समेटिए ब्रोकरदेखि मर्चेन्ट बैंकरसम्म



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले पूँजी बजार प्रवद्र्धन समिति गठन गरेको छ । नेपाल चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वर अफ कमर्स अन्तरगत पूँजी बजार प्रवद्र्धन समिति गठन गर्दै मनोनित सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गरेका हुन् ।

चेम्वर कार्य समिति सदस्य राम श्रेष्ठको सभापतित्वमा गठित पूँंजी बजार प्रवद्र्धन समितिमा सह सभापतिमा धुब्र तिमिल्सिनालाई चयन गरिएको छ । सह सभापति तिमिल्सिना नेपाल मर्चेन्ट बैंकर्स संघका पूर्व अध्यक्ष हुन् ।

यसगरी समितिका सदस्यहरुमा ब्रोकस एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली अध्यक्ष, मर्चेण्ट बैंकर्स एसोसिएसन अध्यक्ष मेखवहादुर थापा, नबिन लाल श्रेष्ठ .श्री इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष एवं ब्रोकर राजकुमार तिमिल्सिना, मधुसुदन पाठक घनश्याम पौडेल र एक नारायण शर्मा सदस्य रहेका छन् ।

उक्त अवसरमा चेम्वरका अध्यक्ष मल्लले नेपालको पूँजी बजार नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा स्वस्थ प्रतिस्पद्र्धा हुन अति आवश्यक भएको बताए । साथै मनोनित सदस्यहरुले यस क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएकाले पूँजी बजार प्रवद्र्धनको लागि मनोनित भएका पदाधिकारी तथा सदस्यहरुबाट उल्लेखनीय भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL