Logo

डेड क्याट बाउन्ससँगै बजारमा वियरिस ट्रेन्डको संकेत, कारोबार रकमले साथ छोड्दा तनावमा लगानीकर्ता

डेड क्याट बाउन्ससँगै बजारमा वियरिस ट्रेन्डको संकेत, कारोबार रकमले साथ छोड्दा तनावमा लगानीकर्ता



काठमाडौं । अघिल्लो हप्तामात्रै डेड क्याट बाउन्सको रेखा पार गरेको सेयर बजारमा वियरिस ट्रेण्डको संकेत देखिएको छ । पछिल्लो समय दैनिकजसो सामान्य गतिमा बजारले ओरालो यात्रा तय गरेको र सोही अनुरुप कारोबार रकमले समेत साथ छोड्दा बजारमा वियरिस ट्रेण्डको संकेत देखिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बजार ११ सय अंकबाट बढेर ३ हजार अंक पार गर्दा दैनिकजसो कारोबार रकमले रेकर्ड बनाएको थियो । तर पछिल्लो समय घट्दो क्रममा रहेको बजारमा सोही अनुरुप कारोबार रकममा समेत उच्च गिरावट आउनुले अबका दिनमा बजार वियरिस ट्रेण्डमा जाने देखिएको एक लगानीकर्ताले बताए । ‘नेपाली सेयर बजारको बुलिस र वियरिसको चक्र हेर्दा अहिले नै वियरिस ट्रेण्डमा जाने बेला भइसकेको छैन,’ ती लगानीकर्ताले भने, ‘तर बजार जसरी छाटो समयमा उच्च बढेर ३ हजार अंकको रेखा पार गर्यो त्यसरी नै अहिले वियरिस ट्रेण्ड समात्न लागेको देखिएको छ ।’

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिका कारण पछिल्लो समय बजारबाट बैंक तथा वित्तीय संस्थाहरु बाहिरिसकेका छन् भने उनीहरुलाई सर्टटर्म सेयर लगानी गर्न बन्देछ । तर १ बर्षभन्दा माथिको सेयरमा दिर्घकालिन लगानीगर्दा त्यस्ता संस्थाले दिने प्रतिफल एकदमै नगन्य हुने जसबाट बैंकहरुले लिएको मुद्दतीको ब्याज समेत धान्न नसक्ने अवस्था रहन्छ । राष्ट्र बैंकको नीतिका सर्टटर्म ट्रेड गरेर नाफा बुक गर्न नमिल्ने र दिर्घकालिन लगानीगर्दा त्यस्ता संस्थाले दिने बोनसले ब्याजनै नधान्ने देखिएकाले अहिले बैंक तथा वित्तीय संस्थाहरु बजारबाट बाहिरिसकेका छन् ।

‘देशमा कोरोना पछि लकडाउन भएसँगै आयात निर्यात गर्ने व्यापारीहरुको पैसा पनि सेयर बजारमै भित्रिएको थियो,’ एक लगानीकर्ताले भने, ‘तर अहिले लकडाउन केही खुकुलो भएसँगै त्यस्ता व्यापारीहरु बजारबाट आफ्नो लगानी झिकेर पुरानै व्यापारा व्यवसायमा लाग्न थालिसकेका छन् जसले गर्दा पनि बजारमा सिथिलता आएको हो ।’ बैंक तथा वित्तीय संस्थालाई सर्टटर्म कारोबारमा लगानी गर्न रोक लागेको र व्यापारीहरु पनि बजारबाट बाहिरिदा सेयर बजार थप पेनिक बन्न पुगेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय नेपाली सेयर बजारमा राम्रो बोनस वितरण गर्न नसक्ने र हालसम्म लगानीकर्तालाई बोनस नै नदिएको जलविद्युत कम्पनीको सेयर मुल्य उच्च रुपमा बढ्न पुगेको थियो । सोही अनुरुप मंगलबार सबैभन्दा बढि जलविद्युत कम्पनीकै सेयरमा गिरावट आएको थियो । यस्तै कारोबार रकममा पनि उच्च गिरावट आउँदै ४ अर्ब २२ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । त्यसैगरी विकास बैंक, होटल, लघुवित्त र केही रियल सेक्टरका कम्पनीहरुको मूल्य उच्च रुपमा आकासिएको थियो । त्यस्ता कम्पनीको सेयर मूल्य सोचेभन्दा बढी पुर्याएर बाठा लगानीकर्ताहरुले नाफा बुक गरिसकेको र पछिपछि दौडने लगानीकर्ता भने फस्ने सम्भावना उच्च रहेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय नेप्से परिसुचक एकैपटक उच्च अंकमा नघटेपनि दैनिकजसो लागेको ओरालो यात्रा र सोही अनुरुप कारोबार रकममा समेत उच्च गिरावट आउँदा अबका दिनमा बजारले कुन यात्रा तय गर्छनै भन्न नसकिने अवस्था रहेको एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘पहिलो नेप्से परिसुचक घट्दा पनि कारोबार रकम बढेर लगानीकर्तालाई थप ऊर्जा प्राप्त हुन्थ्यो,’ ती लगानीकर्ताले भने, ‘तर अहिले दैनिक जसो सामान्य गतिमा नेप्से परिसुचकको घटाई र उच्च रुपमा कारोबार रकममा गिरावट आउँदा बजारमा गिरावट आउने संकेत देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL