Logo

जिप ब्राण्डको नयाँ कम्पास सार्वजनिक गरिँदै, यस्ता छन् विशेषता

जिप ब्राण्डको नयाँ कम्पास सार्वजनिक गरिँदै, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरु गर्ने भएको हो ।

laxmi

नयाँ कम्पासलाई नेपालका लोकप्रिय मिडिया पर्सनालिटी भुषण दाहाल र नेपालका स्टाइल आइकन प्रशान्त ताम्राकारले गर्ने बताईएको छ । भर्चुअल लन्चको प्रत्यक्ष प्रसारण जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सोमबार साँझ ५ः३० मा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको छ ।

नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध हुनेछ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

नयाँ कम्पासको स्टाइल अघिल्लो संस्करणमा झैं उल्लेखनीय छ । यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमा भने व्यापक परिवर्तन गरिएको छ ।

२०२१ कम्पासको क्याबिनमा उल्लेखनीय काम गरिनुका साथै धेरै फिचर थपिएको छ । यसमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ जसले इन्टेरियरको आकर्षणलाई बेजोड बनाएको छ । ड्यासबोर्ड डिजाइन पनि अपडेट गरिएको छ । ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् । एमएडब्लु लाइफले यसको स्टोरेज अप्सन ग्राहकमैत्री हुने अपेक्षा गरेको छ ।

फिचरको कुरा गर्ने हो भने नयाँ कम्पासमा फिफ्ड जेनेरेसन युकनेक्टसहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ । साथै यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरुबाट कन्ट्रोल गर्न सकिन्छ ।
त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ । सेफ्टी र सेक्युरिटीको सूचीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिलहोल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एअरब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी फिचर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL