Logo

जबर्जस्त माथि तान्न खोजिएको बजारमा उच्च गिरावट, तामाकोशीको विजुली र एनएचपीसीको राईटब्याकले तानेन लगानीकर्ता

जबर्जस्त माथि तान्न खोजिएको बजारमा उच्च गिरावट, तामाकोशीको विजुली र एनएचपीसीको राईटब्याकले तानेन लगानीकर्ता



काठमाडौं । केही दिनयता लगातार घटिरहेको बजारलाई जबर्जस्त माथि तान्ने प्रयास असफल भएको छ । अघिल्लो हप्ता लगातार घटेर गत हप्ता डेड क्याट बाउन्सको रेखा पार गरेको नेप्सेमा पुनः गिरावट आएको छ । 

laxmi

अघिल्लो हप्तासम्म लगातारको गिरावट पछि गतहप्ता डेड क्याट बाउन्सको रेखा पार गर्दै आइतबार र सोमबार नेप्से परिसुचक सामान्य अङ्कले बढेको थियो । तर, मंगलबार बजारमा आएको बिक्री चाप र सोही अनुसारको नेप्से परिसूचकको घटाईले बजारमा थप दबाब सिर्जना भएको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । ‘पछिल्लो समय बजारमा बढ्दो बिक्री चाप र सोही अनुरूप कारोबार रकममा आएको गिरावटका कारण थप दबाब सिर्जना भएको छ,’ एक लगानीकर्ताले भने, ‘राष्ट्र बैंकको नीतिका कारण बैंक तथा वित्तीय संस्था बाहिरिएको र सो पश्चात ठूला लगानीकर्ताहरू पनि बाहिरिँदा बजारमा उच्च अङ्कको गिरावट आउनुका साथै बिक्री चाप र कारोबार रकममा लगातार गिरावट आइरहेको छ ।’

यस अघि बजारमा केही ठूला लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाको मिलेमतोमा बजार घट्न लागेपनि आफूले सेयर उठाएर पुनः बजार बढाउँदै आएका थिए । तर राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाले सर्टटर्म ट्रेड गर्न नपाउने र १ वर्षसम्म सेयर होल्ड गरेर बोसनको भर पर्दा घाटा हुने भएकाले बजारबाट बाहिरिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुरूप बैंक तथा वित्तीय संस्थाहरू बजारबाट क्रमश बाहिरिएको र जसको असर अहिले आएर देखिएको समेत सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । 

सोही अनुरूप अघिल्लो दिनहरूमा झिनो अङ्कले बढेको नेप्से परिसुचक मंगलबार ४७.५० अङ्कले घट्नुका साथै बजारमा बिक्री चाप समेत बढेको छ । कारोबार समय अवधिभर खरिदकर्ता र बिक्रीकर्ताहरुबीच बजार बढाउन र घटाउन एक किसिमको खेल नै चलेको थियो । तर कुनै पनि कम्पनीको सेयर मूल्य केही बढ्न खोज्योकी ठूलो संख्यामा सप्लाइ आउँदा अन्तमा बजार घट्न पुगेको हो । 


तामाकोशीको बिजुली र एनएचपीसीको राईटब्याकले तानेन लगानीकर्ता

बजारमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु भएसँगै उच्च अङ्कमा कम्पनीको सेयर मूल्य बढ्ने अपेक्षा गरिएको थियो । तर कम्पनीको सेयर मूल्य केही बढेन खोज्योकी ठूलो संख्यामा सप्लाइ आएका कारण अन्नत मूल्य घट्न पुगेको छ । जसका कारण माथिल्लो तामाकोशीको सेयरमा मंगलबार प्रतिकित्ता २२ रुपैयाँले गिरावट आएको छ । आयोजनाबाट विद्युत उत्पादन शुरु भएपनि आयोजना लागत बढेर उच्च हुँदा उक्त कम्पनीले लाभांश दिन नसक्ने हुँदा लगानीकर्ताहरू आकर्षित नभएको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । 

यसैगरी नेशनल हाइड्रो पावरमा पनि सोही समस्या देखिएको छ । सोमबार मात्रै साढे ४ मेगावाटको इद्रावती–२ जलविद्युत आयोजनाको लाईसेन्स पाएको नेशनल हाइड्रोको बजारमा सेयर मूल्य उच्च रुपमा बढ्ने अनुमान गरिएको थियो । त्यसरी लाइसेन्स पाउँदा कम्पनीको ४० करोड रुपैयाँभन्दा बढी राईटब्याक हुने र जसका कारण सेयर मूल्य बढ्न अपेक्षा गरिएको थियो । तर लगानीकर्तालाई २० बर्षदेखि केही दिन नसकेको कम्पनीले राईटब्याकले पनि लगानीकर्तालाई ठूलो मात्रामा लाभांश दिन नसक्ने र चुक्ता पूँजीको आधारमा आम्दानी ज्यादै न्यून भएका कारण आगामी बर्षदेखि प्रतिफल बाड्न नसक्ने अवस्था देखिएका कारण लगानीकर्ताहरू आकर्षित नभएको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । ‘लाइसेन्स र राईटब्याकको हल्लाकै कारण बजारमा एनएचपीसीको सेयर मूल्य यस अघिनै उच्च रुपमा बढाईसकिएको थियो,’ एक लगानीकर्ताहरूले भने, ‘जसका कारण मंगलबार बजार बढ्नुको सट्टा घटेर बिक्री चाप उच्च देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL