Logo

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको हो । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार घट्दै प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

laxmi

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार १ सय रुपैयाँ रहेको छ ।

साथै आज चाँदीको मूल्यसमेत ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL